आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन ११३ जनामा कोरोना संक्रमण पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २२ गते


Advertisement

काठमाडौं, असार २२- देशभर पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ५ सय ४९ जनाको पीसीआर र १ हजार १ सय ७५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सुन्य रहेको छ ।


प्रतिकृया दिनुहोस्