आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार

बाढीपीडितलाई नेकपाको २५ लाख सहयोग

August 30, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
१४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको बाढीबाट प्रभावितको सहयोगका निम्ति प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ । पार्टीले आवश्यक राहत सामग्री समेत सम्बन्धित जिल्लामा...बाँकी

प्रधानमन्त्री कोषको नाम देखाउदै आफ्नै क्यूआरबाट पैसा उठाउने ठग पक्राउ

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको राहतका नाममा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका वडा नं....बाँकी

तिब्बत बाढीमा ५४६ जना बेपत्ता, १ सय ४ जना नेपाली

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, बेइजिङ । तिब्बतमा आएको भीषण बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक छन्। बेपत्ता विदेशी नागरिकमध्ये नेपालीको संख्या सबैभन्दा...बाँकी

त्रिशूलीमा फेरि उर्लियो बाढी : गल्छीका ४ घर भत्किँए

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौँ । त्रिशूलीमा आएको बाढीले धादिङको गल्छीमा आज बिहान ४ घर भत्किएका छन्। गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्‍याएको हो। बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ। बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह...बाँकी

कृष्णभीरमा बाटो भासियो : नारायणगढ-काठमाडौँ सडक दुवैतर्फ बन्द

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-काठमाडौँ सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प...बाँकी

झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा

August 30, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१४ भदौ, काठमाडौँ । झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाट–भटेनी सुपर मार्केट प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त शाखाको पुनः सञ्चालनबारे औपचारिक जानकारी गराएको हो। भाट–भटेनी...बाँकी

काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा खुल्यो

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौं । आज बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा खुलेको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन...बाँकी

अमेरिकाले ३ महिनाका लागि बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराउने

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौं । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले...बाँकी

भोटेकोसी नदीमा फेरि बाढी बढेको सूचना, सतर्कता अपनाउन आग्रह

August 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ भदौ, काठमाडौं । भोटेकोसि नदिमा फेरि बाढी आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोसी नदीमा बाढीको बहाब बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको हो।...बाँकी

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौँ। नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गरेर...बाँकी