११ असोज, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा ५०० घर डुबानमा परेका छन् ।
त्यसमा दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।
उनले भने, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।
































