११ असोज, काठमाडौं । अविरल वर्षापछि कालिगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो क्षति पुर्याएको छ।
बाढीले हालसम्म २०–२५ घरसहित विद्यालय, कृषि फर्म र गोठहरू बगाएको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन्।
बाढी अझै बस्ती क्षेत्रमा पसिरहेकाले थप सयभन्दा बढी घर जोखिममा रहेको जनाइएको छ।
स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष जिसीले बताएका छन्।
































