Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार राति काठमाडौंको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। २०७८ फागुनमा उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

महाभियोग टुंगो नलाग्दै उनको कार्यकाल समाप्त भएको थियो।


प्रतिकृया दिनुहोस्