११ मंसिर, काठमाडौं । साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन्।
बिहीबार भएको आक्रमणबाट केन्द्रमा आगलागी भएपछि केही काम अस्थायी रूपमा बन्द गरिएको छ। मृतक नेपालीको पहिचान र घाइतेको विस्तृत विवरण खुलाइएको छैन।
साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा यमनका हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएको छ।
आक्रमणपछि गठबन्धनले यमनमा हुथी विद्रोहीका क्षेप्यास्त्र प्रक्षेपणस्थलमा जवाफी कारबाही गरेको दाबी गरेको छ।

























