Skip

Hamro Sanchar

एनपीएलमा आज दुई ठूला भिडन्त, शीर्ष स्थान र प्लेअफका लागि कडा प्रतिस्पर्धा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थान र प्लेअफको समीकरणका लागि प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

दुवै टोलीको समान ८ अंक रहेकाले यो खेल शीर्ष स्थानका लागि महत्त्वपूर्ण हुनेछ। काठमाडौं लगातार चार जितसहित उच्च लयमा छ भने सुदूरपश्चिम पनि आफ्नो अपराजित हेड टु हेड कीर्तिमान कायम राख्ने लक्ष्यमा हुनेछ।

त्यस्तै, साँझ ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। ५ अंकसहित चौथो स्थानमा रहेको चितवन जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ।

४ अंक जोडेको जनकपुर भने लगातार तीन हारको शृङ्खला तोड्ने दबाबमा हुनेछ।

आजका दुवै खेलले एनपीएलको अंकतालिका र प्लेअफ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

 


प्रतिकृया दिनुहोस्