२६ कार्तिक, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका टोपबहादुर रायमाझी ६५ वर्ष उमेर पुगेपछि कानुनी व्यवस्थाअनुसार कैद छुट पाएर रिहा भएपछि सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि प्रश्न उठाएका छन्।
शाहीले सत्ताबाहिर हुँदा भ्रष्टाचारीलाई जेल हाल्ने र कसैलाई नछोड्ने भन्दै चर्को भाषण गर्नेहरू अहिले सत्तामा पुगेपछि भने भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धानमा उदासीन देखिएको टिप्पणी गरेका छन्।
नयाँ सरकार गठन भएको सात महिना र अघिल्लो सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
हिजो भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरू आज आफैँ सत्तामा हुँदा थप अनुसन्धान किन अघि बढेनरु नयाँ फाइल किन तयार भएनरु दोषीमाथि थप कारबाही किन भएनरु भन्दै शाहीले सरकारसँग जवाफ मागेका छन्।

























