Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनको तयारी तीव्र, आज अधिकांश क्षेत्रमा क्षेत्रीय अधिवेशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका अधिकांश संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदैछ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा मिति सारिए पनि धेरै ठाउँमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

स्थानीय अवस्थाअनुसार केही जिल्लाले आइतबार र सोमबारका लागि समेत नयाँ तालिका बनाएका छन्।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएकाले अधिकांश क्षेत्रमा शनिबार नै अधिवेशन सम्पन्न हुने र बाँकी स्थानमा सोमबारसम्म प्रक्रिया सकिने अपेक्षा छ।

क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्। कांग्रेसले यसपटक जिल्ला र प्रदेश अधिवेशन नगर्ने भएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका छ।

 

 


प्रतिकृया दिनुहोस्