Skip

Hamro Sanchar

एसीसी कपको फाइनलमा पुग्न नेपाल आज ओमानसँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ को पहिलो सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुवै टोलीले उपाधि यात्रालाई अघि बढाउन जितका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालको पछिल्लो पाँच खेलको प्रदर्शनमा एक जितपछि लगातार चार हार रहेको छ। ओमानले भने पछिल्ला पाँच खेलमा एक जित र चार हार बेहोरेको छ।

पछिल्लो समय भएका पाँच खेलमा नेपाल र ओमानले समान दुई–दुई खेल जितेका छन् भने एक खेलमा बल नै नफ्याँकी खेल रद्द भएको थियो। ५ मे २०२६ मा भएको पछिल्लो भेटमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको थियो। त्यसअघि २९ अप्रिलमा ओमानले नेपाललाई डकवर्थ–लुइस पद्धतिअनुसार १०२ रनले हराएको थियो।

नेपालका लागि ब्याटिङतर्फ आसिफ शेख र दीपेन्द्रसिंह ऐरी मुख्य खेलाडीका रूपमा रहेका छन्। पछिल्ला नौ खेलमा आसिफले ३५८ रन बनाएका छन् भने दीपेन्द्रले १० खेलबाट ३०९ रन जोडेका छन्।

बलिङतर्फ सन्दीप लामिछानेले पछिल्ला नौ खेलमा १५ विकेट लिएका छन्। करण केसीले ६ खेलबाट १२ विकेट हात पारेका छन्।

ओमानका लागि हम्माद मिर्जाले पछिल्ला १० खेलमा ४७३ रन बनाएका छन्। त्यस्तै, जितेन्द्र सिंहले १० खेलबाट ३६० रन बनाएका छन्। बलिङतर्फ शकिल अहमदले १० खेलमा १६ विकेट तथा हस्नैन शाहले आठ खेलमा १५ विकेट लिएका छन्।

नेपालको टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा आसिफ शेख ९विकेटकिपर०, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशी, इशान पाण्डे, शेर मल्ल, सन्दीप जोरा, अर्जुन कुमाल, हेमन्त धामी, देव खनाल, गुल्सन झा र बशीर अहमद रहेका छन् ।


प्रतिकृया दिनुहोस्