१५ भदौ, काठमाडौं । सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
आज सभापति लामिछानेले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन्।
भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएको रास्वपा प्रवक्ता जगदीश खरेलको भनाइ छ।
आजै सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग भेटेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए। त्यसपछि सभापति लामिछानेले राष्ट्रपतिलाई उक्त घटनाक्रमबारे जानकारी गराएका हुन्।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
































