Skip

Hamro Sanchar

नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

वाशिङटन, डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्।

“नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबीसीले भनेको छ।

उनले भोटेकोसी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए ।


प्रतिकृया दिनुहोस्