Skip

Hamro Sanchar

कांग्रेस महाधिवेशन नरोकिने, अदालतले दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन नरोकिने भएको छ ।

सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आधिकारिकताको विवाद निरुपण नभएसम्म पार्टीको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो ।

आज सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीशहरू डा। नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले उक्त आदेश जारी गरेको हो ।


प्रतिकृया दिनुहोस्