Skip

Hamro Sanchar

राप्रपाले ३ सांसदलाई गर्‍यो पदमुक्त, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने ३ प्रदेश सांसदलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा सोमबार जारी विज्ञप्तिमा ३ सांसद पदमुक्त गरिएको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो ।

उनीहरूलाई पदमुक्त गरिएको पत्र बागमती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ। उक्त पत्र प्रदेश सचिवालयमा दर्ता समेत भएको राप्रपाले जनाएको हो।


प्रतिकृया दिनुहोस्