Skip

Hamro Sanchar

कांग्रेस महाधिवेशन रोक्न माग गरिएकाे देउवा र पूर्णबहादुरको रिट भोलि दर्ता हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं ।  कांग्रेस महाधिवेशन रोक्न माग गर्दै पुर्व सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतले भाेलि दर्ता गर्ने भएको छ।

यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारेस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। आज देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै पुरक निवेदन पेश भएको छ।

कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन आज दर्ता नभएको र भोलि दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समतिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ।

उनीहरूले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। यस्तै यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग छ।

पार्टी आधिकारीकताको विवाद सर्वोेच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ।


प्रतिकृया दिनुहोस्