Skip

Hamro Sanchar

फोहोरको थुप्रो भत्किदा ३० जनाको मृत्यु, ६ गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबै भन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा करिब ३० जनाको मृत्यु भएको छ ।

अलजजिराले भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएको जनाएको हो। घटनामा ६ जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको हो ।

प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

दार–एस–सलाम क्षेत्रका प्रमुख लान्सिने सिलाले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार १८ वटा शव निकालेर शवगृह पठाइएको हो ।

मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।


प्रतिकृया दिनुहोस्