Skip

Hamro Sanchar

किन स्थगित भयो रबि लामिछानेको चीन भ्रमण ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

७ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमण स्थगित भएको छ।

यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो।

नयाँ मिति तय भइनसेक पनि अब लामिछाने असोज (मध्य सेप्टेम्बर)तिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।

यसअघि लामिछाने यही भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०)सम्म चीन भ्रमणमा जाने तयारी भइरहेको थियो।

लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थियो।

चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगिन गरेको स्रोतहरूले जनाएका छन्।

भदौका लागि तय भएको भ्रमण स्थगन भए पनि उनी असोजमा चीन जान सक्ने सम्भावनाचाहिँ छ। तर अहिलेसम्म नयाँ मिति तय भएको छैन।

यसैबिच सांसदहरूको एक टोली भने ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ।

बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोलि भदौ ८ गते चीन जाने कार्यक्रम छ।

 


प्रतिकृया दिनुहोस्