Skip

Hamro Sanchar

रविलाई हर्कले भने : तुरुन्तै सरकारको नेतृत्व गर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न सुझाएका छन्।

रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारबाट देश नबन्ने उनको भनाइ छ।

सभापति लामिछानेलाई आग्रह गर्दै उनले भनेका छन्, ‘तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ, यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास ’

जनतालाई ग्यास समेत दिन नसकेको सरकारबाट अपेक्षा गर्न नसकिने उनको भनाइ ।

 


प्रतिकृया दिनुहोस्