६ भदौ, काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।
टर्की सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको इजरायलको गाजासँगको युद्धको कडा आलोचक बनेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई ‘नरसंहार’ को आरोप लगाउँदै आएका छन् ।
त्बतब
ँगतगचभककयात
मे महिनामा करिब ४३० मानवीय सहायता अभियानकर्मी बोकेको समूहलाई इजरायलले रोकेको घटनाले अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको थियो । यसबारे फ्रान्स, इटाली र अस्ट्रेलियाले पनि न्यायिक प्रक्रिया सुरु गरेका छन् ।
ीबहmष् कगलचष्कभ दबलप
टर्कीका न्यायमन्त्री आकिन गुर्लेकले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “टर्कीको न्याय मन्त्रालयले गृहमन्त्रालयलाई नेतन्याहु र अर्का इजरायली अफेक मोस्कोभिचविरुद्ध ‘इन्टरपोल रेड नोटिस अलर्ट’ जारी गर्न आग्रह गरेको छ।
क्जष्खबm ऋझभलत
“अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायताकर्मीमाथि भएको आक्रमणसम्बन्धी न्यायिक कारबाहीको भागका रूपमा र सन् २०२६ जुलाई १४ मा बेन्जामिन नेतन्याहु र अफेक मोस्कोभिचविरुद्ध ‘नरसंहार’ का लागि जारी गरिएका पक्राउ पूर्जीअनुसार न्याय मन्त्रालयले गृहमन्त्रालयलाई उनीहरूको अन्तर्राष्ट्रिय पक्राउका लागि ‘रेड कर्नर नोटिस’ जारी गर्न अनुरोध गरेको छ,” उनले भने ।
ब्कष्बल एबष्लतक
नेतन्याहु र मोस्कोभिचमाथि ‘मानवताविरुद्धका अपराध, नरसंहार, गम्भीर स्वतन्त्रता हनन, ‘जानीजानी आक्रमण र कुटपिट,’ यातना, सम्पत्ति विनाश, गम्भीर लुटपाट र यातायात साधन अपहरण’ का अभियोगमा मुद्दा चलाइएको मन्त्रालयले बताएको छ।
मे महिनामा घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रतर्फ प्रस्थान गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’मा करिब ५० वटा जहाज थिए। टर्कीबाट आएका मानवीय सहायताकर्मीलाई भूमध्यसागरमा इजरायली सेनाले हिरासतमा लिई इजरायली जेल लगिएको थियो र त्यसपछि देश निकाला गरिएको थियो।
इजरायलका दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन गिभरले घुँडा टेकेर हात पछाडि बाँधिएका केही मानवीय सहायताकर्मीहरूलाई आफैँले गिज्याएको भिडियो सार्वजनिक गरेर आफ्नै आक्रोश निम्त्याएका थिए





























