Skip

Hamro Sanchar

रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको महामन्त्री विपिनकुमार आचार्यले जनाकारी दिए ।

महामन्त्री आचार्यका अनुसार बैठकका एजेन्ड तय भइसकेका छन् ।

बैठकका एजेन्डाहरू

क) दस्तावेज सम्बन्धमा
१.स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा।
२. राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा।
ख) साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी
१. केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा।
२.पदाधिकारी मनोनयन सम्बन्धमा।
३.सचिवालय सदस्य मनोनयन सम्बन्धमा।
४. विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा।
५.स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा।
ग)योजना, कार्यक्रम तथा अभियान सम्बन्धी
१. केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रुपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा।
२. पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा।
घ)विविध


प्रतिकृया दिनुहोस्