Skip

Hamro Sanchar

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, पहिलो बैठक आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ।

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा १५ जना सदस्य रहेको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा.राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, समिना मियाँ र स्मृति सेन्चुरी सदस्य छन्।

कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ।

बुधबार बसेको रास्वपा स‌ंसदीय दलको बैठले संसदीय दलको विधान २०८३ लाई आवश्यक संशोधनका कार्यदल बनाउने निर्णय गरेको थियो। कार्यदललाई ७ दिनको समय दिइएको छ।


प्रतिकृया दिनुहोस्