२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
रास्वपाले भदौ ५ गते शुक्रबारका लागि बैठक बोलाएको हो। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा विहान ११ बजे बस्ने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ।
रास्वपा महामन्त्री विपीनकुमार आचार्यका अनुसार केन्द्रीय समितिमा पदाधिकारी मनोनीत गर्नेलगायत एजेण्डामा छलफल हुनेछ।
त्यस्तै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने, सांगठनिक व्यवस्थापन, आगामी योजनालगायत विषयमा छलफल हुने महामन्त्री आचार्यले बताए।
त्यस्तै सचिवालय सदस्य, विभागीय प्रमुख र स्थानीय निर्वाचनका लागि छनोट समितिसमेत मनोनीत गरिने रास्वपाले केन्द्रीय सचिवालयले जनाएको छ ।































