Skip

Hamro Sanchar

सत्तापक्षकै सांसद आशिका तामाङले गरिन् संसद बैठक बहिष्कार, किन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद आशिका तामाङले प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेकी छन् ।

परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै
तामाङले बैठक बहिष्कार गर्दै बाहिरिएकी हुन् ।

उनी कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै बैठककक्षबाट बाहिरिएकी हुन् ।

सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै उभिएरै विरोध जनाएकी थिइन् । उनले अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण प्रक्रिया रोकिएको दाबी गरिन् ।

यस विषयमा सांसद तामाङले अघिल्लो संसद बैठकमा ध्यानाकर्षण गराएकी थिइन् ।


प्रतिकृया दिनुहोस्