Skip

Hamro Sanchar

देउवा रेफ्री भएर आउने आश थियोे तर एक टिमको जर्सी लगाएर आए : महामन्त्री पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा बिदेशबाट एउटा टिमको जर्सी लगाएर आएको भन्दै टिप्पणी गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै महामन्त्री पौडेलले देउवा रेफ्री भएर आउने आफुहरुको आशा रहेको तर देउवा एक टिमको जर्सी लगाएर आएको बताएका हुन्।

पौडेलले देउवाले विचारको राजनीति कहिल्यै नगरेको र गुट बनाएर शक्ति आर्जन गरेको आरोप पनि लगाएका छन् ।

शेरबहादुर देउवा पार्टी मिलाउन तयार भएर आउने अपेक्षा गरे पनि त्यस्तो नदेखिएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा पौडेलले कांग्रेसको आधिकारिकताको फैसला उल्टिए दुईतिहाइ बहुमतको सरकारको नतिजा पनि उल्टिनुपर्ने बताएका छन् ।

‘अदालतले जुन फैसला गर्‍यो । त्यसको फैसला उल्टाउँदा दुईतिहाइको फैसला पनि उल्टाउनुपर्छ होला नि ?’ प्रश्न उठाउँदै पौडेलले भने । त्यसैले अदालतले आधिकारिकता उल्टाएर धेरै विषयमा प्रश्न उठाउने ठाउँ नदिने विश्वास उनले व्यक्त गरे ।

उनले विधानविपरीतको एउटा समूहले गरेको भेलाको कुनै अर्थ नहुने बताए ।


प्रतिकृया दिनुहोस्