Skip

Hamro Sanchar

चुनाव हारेपछि पहिलो पटक झापा पुगे ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

उनी ६ महिनापछि झापा पुगेका हुन् । गत फागुनको भएको प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् ।

उनलाई भद्रपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताले स्वागत गरेका हुन्।

‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि उनी गृहजिल्ला पुगेका हुन् । कार्यक्रम आइतबार हुने बताइएको छ ।गत फागुन २१ को निर्वाचन ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

उनी हालका प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहसँग भारी मतले पराजित भएका थिए ।


प्रतिकृया दिनुहोस्