२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।
इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताको पक्षमा दृढ हुन आग्रह गरे ।
‘एकै पार्टीका सदस्य हौँ । व्यक्तिगत तहबाट माथि उठौँ’, देउवाले भने । विशेष महाधिवेशनको नाममा पार्टीमा विग्रह आएको उनले बताए ।































