Skip

Hamro Sanchar

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्ट र ४ मन्त्रीले लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका छन् । आजै मुख्यमन्त्री नियुक्त भएका भट्टले शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन् ।

उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन्।

यसअघि कांग्रेस र एमालेबिच रहेको गठबन्धन सरकारमा बजेटको विवाद उत्कर्षमा पुगेर टुटेको थियो। गत असार ३१ गते मुख्यमन्त्रीले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए। भने त्यही दिन एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक जना सदस्य छन्। उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा छन्।

यस्तै एमालेका ४ जना मन्त्रीले पनि प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका छन् ।

सामाजिक विकास मन्त्री सन्तोश शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला मन्त्री जानकी ऐर बमले शपथ लिएका हुन् ।


प्रतिकृया दिनुहोस्