Skip

Hamro Sanchar

देउवाले उद्घाटन गर्ने कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ ।

बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् ।

भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ ।


प्रतिकृया दिनुहोस्