Skip

Hamro Sanchar

काँग्रेसको वैधानिक सभापति देउवा नै : डा कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।

आज देउवा स्वास्थ्योपचारपछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले यस्तो दाबी गरेका हुन् ।

सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

कोइरालाले कांग्रेसभित्रको आन्तरिक एकतामा जोड दिँदै पार्टीबाट बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्ने बताए ।

पार्टीलाई एकढिक्का बनाउने प्रयास जारी रहने उनको भनाइ छ । संस्थापन समूहप्रति लक्षित गर्दै कोइरालाले पार्टी छुट्टिएर गएको टिप्पणी गरे ।

उनले पार्टीभित्रको असन्तुष्टि संवादमार्फत समाधान गर्नुपर्ने भन्दै ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको बताए


प्रतिकृया दिनुहोस्