Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राजिनामा दिदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन्।

२८ वर्षीया लेभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत लेभिटलाई आफ्ना सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक भन्दै उनले आफ्ना छोराछोरी र परिवारसँग बढी समय बिताउन पद छाड्न लागेको बताएका छन् । ट्रम्पले उनको निर्णयलाई आफूले बुझ्ने र सम्मान गर्ने बताएका छन् ।

ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानकी प्रमुख समर्थक रहेकी लेभिट अब ट्रम्पकी प्रमुख बाह्य सल्लाहकारका रूपमा रहनेछिन् । साथै, रिपब्लिकन पार्टीभित्र पनि उनको प्रभावशाली भूमिका रहने बताइएको छ ।

गत मे महिनामा दोस्रो छोरी जन्मिएपछि लेभिट केही समयअघि मात्रै ह्वाइट हाउसको काममा फर्किएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत प्रेस सचिवको जिम्मेवारी सम्हाल्दा आफ्ना छोराछोरीका लागि आफूले चाहेजस्तो असल आमा बन्न नसकेको महसुस भइरहेको बताएकी थिइन् ।

ट्रम्पले लेभिटको स्थानमा नयाँ प्रेस सचिव कसलाई नियुक्त गर्ने भन्नेबारे भने कुनै योजना सार्वजनिक गरेका छैनन् ।


प्रतिकृया दिनुहोस्