Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाइडेनका छोराले भने : बुवाको क्यान्सर धेरै फैलियो, धेरै पीडामा छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

२४ साउन, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको छ। जसका कारण यतिबेला उनी धेरै पीडामा छन्।

यो जानकारी उनका छोरा हन्टर बाइडेनले बीबीसीसँगको अन्तर्वार्तामा दिएका हुन्।

हन्टर बाइडेनले बीबीसीको ‘न्युजनाइट’ कार्यक्रममा भनेका छन्, ‘क्यान्सर उहाँको हड्डी र बाहिरको भागमा पनि फैलिएको छ। यो निकै पीडादायी छ र यसले धेरै कमजोर पार्नेछ।’

जो बाइडेनले ह्वाइट हाउस छाडेको लगभग चार महिनापछि मे २०२५ मा आफूलाई प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए।

त्यसबेला उनले भनेका थिए, ‘क्यान्सर हड्डीमा फैलिएको छ।’

बाइडेन २०२० मा चुनाव जितेर अमेरिकाको राष्ट्रपति बनेका थिए।

२०२१ देखि २०२५ सम्म पदमा रहँदा पनि उनको स्वास्थ्यबारे प्रश्न उठेका थिए। जो बाइडेन हाल ८३ वर्षका छन्।

हन्टर बाइडेन अन्तर्वार्ताका क्रममा धेरैपटक भावुक भए। विशेषगरी आफ्नो बुबाको स्वास्थ्यबारे कुरा गर्दा।

उनले भनेका छन्, ‘आजसम्म मेरो बुबा हाम्रो परिवारको केन्द्रमा हुनुहुन्छ। उहाँ सबैभन्दा राम्रो बुबा, सबैभन्दा राम्रो पति र सबैभन्दा राम्रो हजुरबुबा हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस्