२२ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच बुधबार टेलिफोन वार्ता भएको छ ।
दुवै नेताले भारत–इजरायल ‘विशेष रणनीतिक साझेदारी’ को प्रगतिको समीक्षा गरे र विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याए ।
यस क्रममा दुवै नेताबिच पश्चिम एसियाको पछिल्लो घटनाक्रमबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री मोदी र प्रधानमन्त्री नेतन्याहुले भविष्यमा पनि आपसी सम्पर्क कायम राख्ने सहमति जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भएको टेलिफोन कुराकानीबारे जानकारी दिएका छन्।































