Skip

Hamro Sanchar

यमननजिकै १३ जना सवार भारतीय जहाजमा आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, काठमाडौं । यमनको तटनजिक लाल सागरमा भारतीय झण्डावाला व्यापारिक जहाजमा आक्रमण भएको छ। हमला इरान-समर्थित हुथी विद्रोहीले गरेका हुन्।

प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको आत्मघाती डुंगा जहाजमा ठोकाइएको थियो। जसका कारण जहाज डुबेको थियो। यद्यपि जहाजमा रहेका सबै १३ भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।

भारतको विदेश मन्त्रालयले एमएसभी फैज नुर-ए-औलिया जहाजमा भएको आक्रमणको निन्दा गरेको छ।

विदेश मन्त्रालयले साउदी अरबको राजधानी रियादमा रहेको भारतीय दूतावासले स्थितिको निरन्तर निगरानी गरिरहेको र चालक दलको सुरक्षाका लागि यमनी अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ ।


प्रतिकृया दिनुहोस्