Skip

Hamro Sanchar

रविन्द्रको परिवारलाई भेट्न गृहमन्त्री पुगे टिचिङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


१९ साउन, काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ रविन्द्र मेहेताको परिवारलाई भेट्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका मेहेताको परिवार र आफन्तलाई भेट्न मन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।

उनी केहीबेरअघि अस्पताल पुगेका हुन्। २२ वर्षीय मेहेताको उपचारको क्रममा आज बिहान निधन भएको थियो।

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ।

रविन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन्। यही विषयमा छलफल र सम्झौता गर्न गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।


प्रतिकृया दिनुहोस्