Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पको एक बोलिले घट्यो कच्चा तेलको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


Advertisement

१८ साउन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य आक्रमण रोकिएको र नयाँ चरणको वार्ता सुरु गर्न लागिएको बताएपछि आज कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

ब्रेन्ट क्रुड ४.०८ डलर अर्थात् ४.६४५ ले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा झरेको छ।

यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ४.०१ डलर अर्थात् ४.७४५ घटेर प्रतिब्यारेल ८०.६६ डलरमा कारोबार भइरहेको छ। अर्कातर्फ सुनको मूल्य भने बढेको छ।

स्पट सुनको मूल्य ०.७५ बढेर प्रतिऔँस ४,०६७.०६ डलर पुगेको छ भने अमेरिकी गोल्ड फ्युचर्स ०.९५ बढेर ४,०६५.६० प्रतिऔँसमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्