Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेप्सेको सीईओ नियुक्तिका लागि आवेदन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


Advertisement

१२ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ।

सो पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले २६ गतेभित्र आवेदन दिन सूचना निकालेको हो।

इच्छुकहरुले कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्। आवेदकहरुबाट गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत बुझाउन भनिएको छ।

सीईओका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्यानुभव रहेको हुनुपर्नेछ।

त्यस्तै नेप्से सीईओ छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८३ को दफा २.२ र दफा २.३ अनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्नेलगायतका योग्यताहरु निर्धारण गरिएका छन् ।


प्रतिकृया दिनुहोस्