Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुमो गाडिमाथि चट्टान खस्दा १३ जनाको मृत्यु, दुई घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ८ गते


Advertisement

८ काठमाडौं। भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल–स्पीति जिल्लाको सीमावर्ती कडू नाला क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘टाटा सुमो गाडीमाथि ठूलो चट्टान खस्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको खबरले अत्यन्त दुःखी बनाएको छ। आफ्ना प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।’

मुख्यमन्त्रीले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गर्न भगवान्सँग प्रार्थना गरेका छन्।

घटनाको जानकारी पाएलगत्तै आफूले लाहौल–स्पीतिका जिल्ला अधिकारीसँग कुरा गरी घाइते दुई जनाको प्रभावकारी उपचारको व्यवस्था गर्न निर्देशन दिएको उनले बताएका छन्।

उनका अनुसार जिल्ला अधिकारी स्वयं घटनास्थलतर्फ गएकी छन्। साथै उनले घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।


प्रतिकृया दिनुहोस्