
८ साउन, काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् ।
कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् ।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन् ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान २० दिने बिदामा बसेकी थिइन्






























