
६ साउन, काठमाडौं । शेयरबजार परिसूचक नेप्सेको निरन्तरको वृद्धिमा आज ब्रेक लागेको छ ।
कारोबारको सातौ दिन आज नेप्से सूचक १३.९५ अंकले घट्दै २ हजार ७१२.५४ अंकमा झरेको हो ।
२९ असार, २०८३ मा ६ अंकले बढेर निरन्तर ६ दिन धनात्मक भएको नेप्से सूचक १५६ अंकमाथिले बढेको थियो । तर, कारोबारको सातौ दिन आज झण्डै १४ अंकले घटेर बजार २ हजार ७१२ अंकमा झरेको हो ।
तथापि, आज कारोबार ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ६२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
रिडी पावर कम्पनीको आज एकैदिन ४२ करोड ३० लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २८ करोड १० लाख ६२ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज फाइनान्स र म्यानु एन्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १९३ कम्पनीका शेयर मूल्य घट्दा आज ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।




























