Skip

Hamro Sanchar

सरकारको नियतप्रति कुनै शंका छैन, ठूलो क्षति भए रातारात निर्णय सच्याइन्छ : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २ गते


२ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकारको नियतप्रति कुनै शंका नरहेको भन्दै निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सच्याउन सकिने बताएका छन् ।

रौतहटका पार्टी नेता–कार्यकर्तासँगको छलफलमा उनले किसान, मजदुर वा विपन्न वर्गलाई असर पर्ने नीति व्यवहारमा गलत सावित भए तत्काल संशोधन गरिने स्पष्ट पारे ।

उनका अनुसार ठूलो क्षति हुने अवस्था आए निर्णय रातारात पनि परिवर्तन हुन सक्छ ।

लामिछानेले कुनै पनि सरकारले जनताको हितविपरीत नीति कायम नराख्ने उल्लेख गर्दै धैर्य राख्न आग्रह गरे ।

साथै, पार्टी गलत बाटोमा गएको महसुस भए नेता–कार्यकर्तालाई खबरदारी गर्न आग्रह गर्दै आवश्यक परे पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास दिलाए


प्रतिकृया दिनुहोस्