Skip

Hamro Sanchar

पहिरोले टहरा पुरिँदा जाजरकोटमा वृद्धको मृत्यु, २ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण आएको पहिरोमा परी एक वृद्धको भएको छ भने दुई जना घाइते भएका छन्।

पहिरोले राङ्सीस्थित एक टिनको अस्थायी टहरामाथि ढिस्को खस्दा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।

उक्त टहरा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको थियो।

घटनामा मृतकका ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। स्थानीय बासिन्दाले उनीहरूको उद्धार गरेका हुन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्