
१७ असार, काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदारको रूपमा हेरिएको फ्रान्सले स्विडेनविरुद्ध सहज जित निकालेको छ ।
आज बिहान भएको राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको हो ।
स्विडेनविरुद्धको यो खेलमा पनि कप्तान किलियन एम्बाप्पे नायक सावित भए । उनले दुई गोल गरे । उनले ४५ र ७४औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, फ्रान्सका ब्राडली बार्कोलाले एक गोल गरे ।
अब फ्रान्सले प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।






























