Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेसीकाे गोलमा अर्जेन्टिनाको जित, जोर्डनलाई हराएर नक आउट चरणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १४ गते


Advertisement

१४ असार, काठमाडौं । अर्जेन्टिना समूह चरणका तीनै खेलमा विजयी हुँदै नक आउट चरणमा प्रवेश गरेको छ।

जोर्डन विरूद्ध आज बिहान भएको खेलमा ३-१ गोलको जित निकालेर अर्जेन्टिना अपराजित रहँदै नक आउट प्रवेश गरेको हो। अन्तिम खेलमा पनि लियोनल मेसीले गोल गरे।

६० मिनेटमा मैदान छिरेका मेसीले ८० मिनेटमा फ्रिकिकबाट सानदार गोल गरेका हुन्।

त्यसअघि १९ मिनेटमा जियोभानीले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाएका थिए।

३१ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाउँदा लाउटारो मार्टिनेजले सदुपयोग गरे।

५५ मिनेटमा जोर्डनका मुसा अल तामरीले एक गोल फर्काएका थिए।त्यसपछि मेसीले गरेको गोल निर्णायक बन्यो।

मेसीले अघिल्लो दुई खेलमा पाँच गोल गरेका छन्। जोर्डनविरूद्धको गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेको मेसीको गोलसंख्या ६ पुगेको छ।

पराजित भएको जोर्डन भने अंकविहीन हुँदै विश्वकपबाट बाहिरिएको छ ।


प्रतिकृया दिनुहोस्