Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकपबाट बाहिरियो जोर्डन, अल्जेरियासँग हार्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


Advertisement

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियासँग २–१ ले पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ।

खेलमा जोर्डनले ३६औं मिनेटमा निजार अल रशदानको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

अल्जेरियाका नाधीर बेनबोउलीले ६९औं मिनेटमा बराबरी गोल गरे भने ८२औं मिनेटमा अमाइन गौइरीले विजयी गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

जितसँगै अल्जेरियाले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने जोर्डन अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिकृया दिनुहोस्