Skip

Hamro Sanchar

साउदी अरेबियामाथि स्पेनको शान्दार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ८ गते


८ असार, काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ।

एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो।

स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो। खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए।

त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए।

खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे। त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो।

जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ। यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ।


प्रतिकृया दिनुहोस्