Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा ६ मा जेष्ठ नागरिक समाज गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ६ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा ज्येष्ठ नागरिक समाज गठन गरिएको छ। नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समाज गठन गरिएको हो।

गठित समाजको अध्यक्षमा राजेन्द्र प्रसाद खनाल चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा गीता कुमारी फुयाल, सचिवमा चित्र कुमार खतिवडा तथा कोषाध्यक्षमा टंकप्रसाद भट्टराई चयन भएका छन्। सदस्यहरूमा शारदा देवी खनाल, हरि प्रसाद फुयाल, कृष्णबहादुर भ्लोन, कृष्ण ओली तथा सावित्री फुयाल रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरू समाजका ज्ञान, अनुभव र प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र सक्रिय सहभागिताका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले ज्येष्ठ नागरिक समाज गठनले उनीहरूको हकहित संरक्षण, अनुभव आदानप्रदान तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी वडा अध्यक्ष प्रकाश फुयालले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरूको संगठित सहभागिताका लागि समाज गठन महत्वपूर्ण कदम भएको बताए। उनले समाजमार्फत ज्येष्ठ नागरिकका समस्या, आवश्यकता र सुझावलाई वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागीहरू नेकपा एमालेका नेता मनिराम फुयाल लगायतले नवगठित समाजले ज्येष्ठ नागरिकहरूको अधिकार संरक्षण, सामाजिक सद्भाव अभिवृद्धि तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।


प्रतिकृया दिनुहोस्