
ललितपुर । ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज भोटो देखाउने कार्यक्रम छ।
राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।
जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरु पनि बोलाइएका छन् ।
तर, हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले उनी जाने, नजानेबारे केही टुंगो नदिएको उनले बताए ।
प्रचलनअनुसार राष्ट्रप्रमुख सरिक हुने सांस्कृतिक जात्रा–पर्वमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।
भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिने श्रेष्ठले बताए ।






























