Skip

Hamro Sanchar

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गियाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २ गते


२ असार, काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन। यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन्।

समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ


प्रतिकृया दिनुहोस्