Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाँचपल्टको विश्व विजेता ब्राजिल पहिलो खेलमै मोरक्कोसँग बराबररिमा रोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


Advertisement

३१ जेठ, काठमाडौं । पाँचपल्टको विश्व विजेता ब्राजिल विश्वकप-२०२६ अन्तर्गत आज बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा जितविहीन बनेको छ।

विश्वकपको दावेदार ब्राजिले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो।

मोरक्कोले इस्माइल साइबरीको गोलमा खलेको २१ औँ मिनेटमा अग्रता लिएको थियो।

खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्।

यो खेलबाट दुवै टोलीले एकरएक अंक जोडेका छन्।

२०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।


प्रतिकृया दिनुहोस्