Skip

Hamro Sanchar

काभ्रेमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु : १६ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २९ गते


काठमाडौं । काभ्रेमा बस दुर्घटनामा परेर आठजनाको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी ९सीडीओ)गोपालकुमार अधिकारीले आठजनाको मृत्यु र १६ जना घाइते भएको जानकारी दिए । घाइतेलाई उद्दार गरेर धुलिखेल अस्पताल पठाइएको छ ।

काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो । घाइते केहीको अवस्था चित्ताजनक छ ।


प्रतिकृया दिनुहोस्